HomeUncategorizedअवैध हातहतियार र लागूऔषधसहित दुई जना पक्राउ

अवैध हातहतियार र लागूऔषधसहित दुई जना पक्राउ

काठमाण्डौं, १६ कात्र्तिक ।

पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ५० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा मुलपानी बस्ने भारत वेष्ट बंगाल नक्सलबारी ठेगाना भएका ४८ वर्षीय मोहमद करिम र झापा कचनकवल गाउँपालिका–७ ठेगाना भएका ३७ वर्षीय हर्क बहादुर लिम्बु रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलाई लक्षित गरी लागूऔषध कारोवारीले पेस्तोलबाट फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा मोहमद करिम घाइते भई तत्काल उपचारको लागि मदर ल्याण्ड अस्पताल पेप्सिकोलामा लगिएको र घटनामा संलग्न हर्कबहादुर समेतलाई प्रहरीलेपक्राउ गरेको हो । पक्राउ परेका हर्कबहादुर २०७४ चैत २९ गते मानव वेचविखन मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments