HomeBreakingसहकारी अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ

सहकारी अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ

पोखरा, २१ मंसिर ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गुरुङ छन् । पोखरा घर भएका गुरुङ सूर्यदर्शनको सञ्चालक समिति सदस्य हुन् ।

कतार जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँ हाम्रो पक्राउ गर्नुपर्ने सूचिमा हुनुहुन्थ्यो ।’

RELATED ARTICLES

Most Popular

Recent Comments