पोखरा, १२ पुस ।
पोखरावाट एक जना पुरुष हराएका छन् । गोरखा आरुघाट गाउँपालिका वडा नं. ३ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ६ जरेवर बस्ने ४० वर्षिय काइला खत्री गत असोज ९ गतेदेखि हराएका हुन् ।
गहुँगोरो वर्ण, उचाई अन्दाजी ५ फिट ७ ईन्च, पातलो शरिर भएको पुरुष हराएर अहिले सम्म सम्पर्कमा नआएको हुदाँ देख्नुहुने वा भेट्नुहुनेहरुले नजिकैको प्रहरी चौकी अथवा निजका श्रीमती मनमाया खत्रीलाई ९८२६६२१५१० मा सम्पर्क गरिदिनहुन हार्दिक अनुरोध गरिन्छ ।
