HomeBreakingसिङ्गापुरको लाहुरे हुँ, बिहे गर्छु भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने...

सिङ्गापुरको लाहुरे हुँ, बिहे गर्छु भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डौ, ०३ मंसिर ।

फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडान नम्बर ५ घर भई काठमाण्डौको चन्द्रागिरि बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङले नक्कली खाताको दुरुपयोग गर्दै केटी साथीहरू बनाई आफू फ्रान्स–सिङ्गापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानका लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्द घनी ठगी गरेका थिए । उनले आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी काठमाण्डौ, चितवनका विभिन्न ठाउँमा भेटन बोलाई चेक तथा नगरी गरी १६ लाख ८३ हजार ६ सय र विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा ई–सेवा वालेटमा १० लाख ९९ हजार ६ सय गरी २७ लाख ८३ हजार दुई सय रुपैयाँ ठगी गरेका थिए ।

ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि गुरुङलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

RELATED ARTICLES

Most Popular

Recent Comments