पोखरा, २८ कात्र्तिक ।
पोखरा महानगरपालिका–१६ अमरदिप बस्ने ४५ वर्षीया गौमाया गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार २ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका–२ हलेदी बस्ने ५० वर्षीय मान बहादुर घलेको घरमा जुवा खेलिरहेको अवस्थामा घले समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४३ हजार १ सय ९० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
