Homeअपराधअमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख ठगी, एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख ठगी, एक जना पक्राउ

काठमाण्डौं, २९ वैशाख ।

अमेरिका पठाइदिन्छु भन्‍दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १० घर भई हाल काठमाडौं महानगर– १५ बस्‍दै आएका ५६ वर्षीय ओम शाक्‍य रहेका छन् ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिन्छु भन्‍दै २० लाख र पटक पटक गरी १५ लाख गरी ३५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments