Homeअपराधमलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा महिला पक्राउ

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाण्डौं, ०४ वैशाख ।

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेकी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भी कमल चौधरीसँग रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments