Homeअपराधकाठमाडौंको मनमैंजु नापी कार्यालयका सर्वेक्षक र लेखापढी ब्यासायी घुससहित पक्राउ

काठमाडौंको मनमैंजु नापी कार्यालयका सर्वेक्षक र लेखापढी ब्यासायी घुससहित पक्राउ

काठमाण्डौं, १६ चैत्त ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको मनमैंजु नापी कार्यालयका सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यावसायी अभिशेक कार्कीलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिकास्थित मनमैंजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीबाट घुस लिएको अवस्थामा उनीहरुलाई अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिंदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट थप सात लाख ६९ हजार पाँच सय रुपियाँ स्रोत नखुलेको रकम पनि बराबद भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

यस्तै, लेखापढी व्यावसायी अभिशेक कार्कीको नाममा काटिएको १६ लाख रुपैयाँ बराबरका तीन थान चेक र सर्वेक्षक उपरकोटीको साथबाट एक लाख ८५ हजार स्रोत नखुलेको रकम पनि बरामद भएको उनले बताउनुभयो ।

अख्तियारले उनीहरुलाई आफ्नै नियन्त्रणमा राखी अनुसन्धान अघि बढाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments