माघ ६, पोखरा ।
तनहुँको ब्यास नगरपालिकामा कार्यरत केही कर्मचारीहरुले आफ्नो निजी कोठा भाडा देखी घरमा जोडिएको इन्टरनेटको पैसा समेत कार्यालयबाटै असुली गर्ने गरेको खुलेको छ । कुनै कानुन र कार्यबिधी नै नबनाई बर्षौ देखी बोर्डको निर्णय भन्दै रकम भुक्तानी गर्ने गरीएको छ । यद्यपी केही महिना देखी सो कार्य रोकिएको मेयर बैकुण्ठ न्यौपानेले बताए ।
आ.ब २०७७÷७८ मा अनुगमनको पनी अनुगमन भन्दै कर्मचारीहरुले लिएको भत्ता लाई महालेखाको प्रतिबेदनले सम्बन्धीत कर्मचारीबाट फिर्ता गर्नुपर्ने बताएपछी प्रकृया अगाडी बढाइएको नगरपालिकाको लेखा शाखा स्रोतले जानकारी दिएको छ ।
नगरपालिकामा गत श्रावण ११ गते देखी हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृत हरीराम नागिलालाई हटाउनुपर्ने भन्दै अधिकांस कर्मचारीले अभियान नै चलाइरहेका छन । नागिलाले कर्मचारीमाथी अपमानजनक ब्यबहार गरेको उनीहरुको आरोप छ । यता प्रशासकिय अधिकृत नागिला भने कर्मचारीले खाइपाइ आएको अनावश्यक भुक्तानी रोकिएपछी उनीहरु रुष्ट बनेको दाबी गरेका छन ।
यस बिषयमा गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा रिपोटीङ गरीएको छ ।
