HomeBreakingवडा अध्यक्षलाई मार्न डेढ लाखको ‘सुपारी’ ? के हो बास्तबिकता ? (भिडियो...

वडा अध्यक्षलाई मार्न डेढ लाखको ‘सुपारी’ ? के हो बास्तबिकता ? (भिडियो सहीत)

पुष ०६, पोखरा ।

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदीप थापालाई मार्न डेढ लाखको ‘सुपारी’ दिएको र लिएको आरोपमा ३ जना पक्राउ परेका छन । वडा अध्यक्ष थापालाई सिध्याउन भन्दै स्थानिय बाबुराम थापा र उनका छोरा सागर थापाले तनहुका रोशन गुरुङलाई जिम्मा दिएको जस्तो देखिने भिडियोहरु समेत सार्वजनिक भएका छन । 

प्रहरी कार्यालयमा रोशन गुरुङले आफुले सो कार्य गर्नको लागी रकम लिएको स्वीकार गरेका छन । सार्वजनिक भिडियोमा बाबुराम थापाले आफुबाट गल्ती भएको स्वीकार गरेको समेत देखिन्छ । 

वडा अध्यक्ष सुदीप थापाले आफुलाई मार्ने योजनाको प्रमाण नै हुदाँ पनी किटानी जाहेरी दर्ता गर्न प्रहरीले हैरानी दिएको बताएका छन । आफ्नो कसैसंग दुश्मनी नभएको बताउदै वडा अध्यक्ष थापाले घटनाबारे सुनेर आफै अचम्ममा परेको बताउछन । 

यता पक्राउ परेका बाबुराम थापाको परीवारले भने वडा अध्यक्षले नै निर्दोषलाई फसाउने षड्यन्त्र गरेको प्रतिक्रिया दिएका छन । 
यस बिषयमा पब्लीक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा रिपोटीङ गरीएको छ । पब्लीक टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस

RELATED ARTICLES

Most Popular

Recent Comments