माघ १३, पोखरा ।
तनहु, घिरीङ गाउँपालिकामा रहेको चन्द्रज्योती माबिका प्रधानाध्यापक प्रेम बहादुर थापाको कुटाईले बिद्यार्थी घाइते भएका छन । कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई परीक्षामा न्युन अंक आएको भन्दै थापाले लौरीले कुटपिट गरेका थिए । बिद्यार्थी पिटेर गल्ती भएको थापाले स्वीकार समेत गरेका छन ।
प्रधानाध्यापक थापाले बिद्यार्थी कुटपिट गरेपछी बिद्यार्थीका अभिभावकहरुले बिरोध जनाएका छन । गत सोमबार बिद्यालय वरपरको स्थीति तनावग्रस्त भयो । यति मात्र होइन, कक्षा १० का छात्राहरुले प्रधानाध्यापक थापाले कक्षाकोठामा आफुहरु माथी संवेदनशिल अंग छुने लगायतका दुब्र्यबहार गरेको समेत दाबी गरेका छन । यद्यपी थापाले सो आरोपको खण्डन गरेका छन ।
प्रहरीले प्रधानाध्यापकलाई सोमबार नियन्त्रणमा लिएकोमा भोलीपल्ट छाडिदिएको छ । जाहेरी आए पछी प्रकृया पुरा गरेर मुद्वा दर्ता गरीने तनहुँ प्रहरीले जनाएको छ । जाहेरीको बिषयमा स्थानिय अभिभावक र अन्य सरोकारवाला बिचमा फरक धारणाहरु रहेको पाइएको छ ।
गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यही बिषयमा रिपोटीङ गरीएको छ ।
