रोजगारीका लागि भारत गएका पुरुरोजगारीका लागि भारत गएका एक जना पुरुष वेपत्ता भएका छन् । कास्कीको घान्द्रुकका डम्बरबहादुर कामी साथी भक्तबहादुर कामी सँग गत कात्तिकमा रोजगारीका लागि भारत पुगेकोमा वेपत्ता भएका हुन् । श्रीमती हेमकुमारी विकका अनुसार विहारमा रोजगार लागि गएका डम्बरबहादुर कात्तिक १७ गते भारत पुगेर ४ दिन तालिममा पनि सहभागी भएका थिए । कात्तिक १८ गते एक्कासी राती झस्किएर दौडिएका थिए । भोलिपल्ट तालिममा सहभागी भएका उनी साथीहरुलाई छलेर मोबाइल छोडी वेपत्ता भएका हुन् । अहिले सम्म सम्पर्कमा नआएकाले देख्नुहुने भेट्नुहुनेले मोबाइल नम्बर ९८४४९४१५९५ मा अथवा नजिकको प्रहरी कार्यालयमा गएर सम्पर्क गरिदिनहुन श्रीमती हेमकुमारी विकले आग्रह गर्नुभएको छ । डम्बरबहादुरका दुई छोरा र श्रीमती छन् ।ष वेपत्ता
