HomeBreakingपोर्चुगल पठाइदिन्छु भनेर अजरवैजानमा अलपत्र, एक जना पक्राउ

पोर्चुगल पठाइदिन्छु भनेर अजरवैजानमा अलपत्र, एक जना पक्राउ

काठमाण्डौं, १४ वैशाख ।

पोर्चुगल पठाइदिन्छु भनेर १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका घर भई ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यहाँ पुगेपछि मासिक २ लाख रुपैयाँ तलब हुने प्रलोभन दिएर पीडितबाट १३ लाख ९२ हजार लिएको पाइएको कार्यालयका सूचना अधिकारी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

साउदले पोर्चुगल पठाइदिन्छु भनी अजरबैजानसम्म पु¥याएर अलपत्र पारी फरार भएको र खोजी गर्दा बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग वुद्धनगरमा पठाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments