HomeBreakingहङकङ बजारका व्यवसायीद्धारा महानगरपालिकामा धर्ना

हङकङ बजारका व्यवसायीद्धारा महानगरपालिकामा धर्ना

पोखरा, १४ वैशाख ।

हङकङ बजारका व्यवसायीले चर्को भाडाविरुद्ध पोखरा महानगरपालिका अगाडी धर्ना दिएका छन् । साना व्यवसायीलाई संरक्षणको गर्नुको सट्टा विस्थापित गर्न खोजेको भन्दै विरोधमा उत्रिएका हुन् ।

अस्वभाविक रुपमा ४ सय प्रतिशत भाडा वृद्धि गरेकोमा यहाँका व्यवसायीले आपत्ति जनाएका हुन् । पोखराको फुटफाथ व्यवसायीलाई व्यवस्थित गर्न भन्दै पोखरा महानगरपालिका तथा सरोकारवाला निकायले १० वर्षअघि पोखराको पृथ्वीचोक नजिकैको रिक्त जग्गामा स्थानान्तरण गरेको थियो ।

कृषि सामग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ७ सय रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा त्यतिबेला १२ सय रुपैयां भाडा दिने र वार्षिक ८.३३ प्रतिशतले बढाउदै लैजाने सहमति अनुसार फुटफाट व्यवसायी स्थान्नतरण भएका थिए ।

कम्पनीसँग नन्दप्रसाद तिवारीले लिजमा २ लाख ४४ हजार ५१० रुपैयाँमा लिजमा लिएको जग्गाको करार अवधि गत २०७९ माघ २९ गते सकिएको छ । गत चैत २१ गते मा कृषि सामग्री कम्पनीले न्युनतम भाडा १२ लाख १५ हजार रुपैयाँ नघट्ने गरी उक्त जग्गाको टेण्डर आह्वान गर्यो । जसको विरोधमा पोखरा हङकङ बजारका ४ सय ३ व्यवसायी आन्दोलित भएका हुन् । ठेकेदारी प्रथाको अन्त्य हुनुपर्ने हङकङ बजारका व्यवसायीको माग छ । हङकङ बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलिप सुनारले चर्को भाडादर वृद्धिले साना व्यवसायीलाई विस्थापित गराउन लागेको बताए ।

आन्दोलनको कार्यक्रम अन्तरगत व्यवयसायीले शुक्रबार कृषि सामाग्री प्रादेशिक कार्यालयमा धर्ना दिदैंछन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments