काठमाण्डौं, १३ वैशाख ।
क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१८ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीया विपना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि क्यानडा पठाई वयटरमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णश्वर जुम्बुडाँडाबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
