HomeBreakingनक्कली नोटसहित दुई जना महिला पक्राउ

नक्कली नोटसहित दुई जना महिला पक्राउ

काठमाण्डौं, ०५ मंसिर ।

नक्कली नेपाली रूपैयाँसहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् ।

सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ । सिर्जना र कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कुमारीलाई बुढानिलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments