HomeBreaking१ किलो ९ सय ७३ ग्राम अवैध लागूऔषध कोकिनसहित भारतीय महिला पक्राउ

१ किलो ९ सय ७३ ग्राम अवैध लागूऔषध कोकिनसहित भारतीय महिला पक्राउ

काठमाण्डौं, ०५ मंसिर ।

अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहितमा भारतीय नागरिक ३२ वर्षीया किमरोसाङगीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ गरेको हो ।

उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments