HomeBreakingझण्डै दुई किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

झण्डै दुई किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाण्डौँ, ०४ मंसिर ।

झन्डै दुई किलो कोकिनसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

कतारको दोहाबाट काठमाडौं आएको जहाजकी एक जना यात्रुको साथबाट कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले सोमबार बिहान १० बजेतिर भारतीय नागरिकलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्। उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ। काठमाडौं आएकी उनी भुटान जाने तयारीमा थिइन्। प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments