HomeBreakingजिल्ला प्रहरी कार्यालय कास्कीमा गुनासो तथा सुझावको लागि क्युआर कोड स्क्यान गर्ने...

जिल्ला प्रहरी कार्यालय कास्कीमा गुनासो तथा सुझावको लागि क्युआर कोड स्क्यान गर्ने व्यवस्था

पोखरा, ०४ मंसिर ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जनताको सुझाव तथा गुनासो संकलन गर्न क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ ।

क्युरआर कोड मार्फत अनलाईनमा प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो वा प्रहरी काम कारवाहीको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न सकिने प्रहरी कार्यालय कास्कीले बताएको छ । कास्कीका सबै प्रहरी कार्यालयमा सिस्टम लागु हुनेछ साथै सेवा लिने व्यक्तिको परिचय गोप्य रहनेछ ।

RELATED ARTICLES

Most Popular

Recent Comments