HomeBreakingसुर्य दर्शन सहकारीका २ जना प्रतिवादीहरु प्रहरी हिरासतमा

सुर्य दर्शन सहकारीका २ जना प्रतिवादीहरु प्रहरी हिरासतमा

पोखरा, १८ पुस ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अरोप लागेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) अदालतमा उपस्थित भएका छन् ।

भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार भोटे र अर्याल कानुन व्यवसायीका साथ मंगलबार अदालतमा हाजिर भएका हुन् । गुरुङको साथमा सहकारीका आइटी प्रमुख भविश्वर अर्याल पनि उपस्थित भए ।

उनीहरु विरुद्ध आज थुनछेक बहस भयो । कास्की प्रहरीले बहस नसकिएका कारण अहिले दुवै जना प्रहरी हिरासतमा रहेको बताएको छ । भोटे र अर्यालको मंगलबार अदालतमा बयान लिइएको र बुधबार पनि जारी रहने प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले गुरुङ र अर्याल आफै अदालत उपस्थित भएको बताए । अब दुवै जना प्रहरी नियन्त्रणमा आइसकेकाले बाँकी कुरा अदालतको फैसला अनुसार हुने उनले बताए ।

सहकारीका अध्यक्ष जिबी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् । यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments