HomeBreakingबालिका हराईन्

बालिका हराईन्

पोखरा, १७ साउन ।

पोखरावाट एक जना बालिका हराएकी छिन् । बर्दिया बारबर्दिया नगरपालिका वडा नं. १० स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २६ सुन्दरबजार बस्ने रेजिना थारु नाम गरेकी बालिका साउन १५ गतेदेखि हराएकी हुन् ।

१३ वर्षिय थारु पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी मा.वि वाट कोही कसैलाई जानकारी नगराई हिडेको र अहिलेसम्म पनि सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुनेले नजिकको प्रहरी कार्यालय अथवा आमा अनिता थारुलाई ९८०२८८४६१६ खबर गरिदिन हुन अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments