HomeBreakingपोखरामा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु

पोखरामा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु

पोखरा, १४ साउन ।

विद्यार्थी लिएर मट्टीखानबाट बिरौटा आउँदै गर्दा एलपी देवकोटा मेमोरियल स्कुलको बस सोमबार बिहान दुर्घटनामा पर्दा घाइते भएकाहरुमध्ये २ जनाको निधन भएको छ ।

विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षे छोरा प्रिन्स उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रिन्स युकेजीमा पढ्थे । उनको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताएका छन् ।

गुड्दा गुड्दै सडकबा६ बस ५० मिटर तल खसेको थियो ।

RELATED ARTICLES

Most Popular

Recent Comments