HomeBreakingओमन पु¥याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

ओमन पु¥याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

काठमाण्डौं, १३ चैत्त ।

ओमन पु¥याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका–५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ ।

ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने लगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पु¥याएर जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments