HomeBreakingवैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाण्डौं, १३ चैत्त ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा सहिद लखन गाउँपालिका–८ घर भई काठमाडौं टोखा नगरपालिका–९ बस्ने २८ वर्षीय समिर राज वाग्ले र रूकुम चौरजहारी नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय खड्क बहादुर भण्डारी रहेका छन् ।

पक्राउमध्ये समिरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै पीडितबाट १ लाख ५० हजार रूपैयाँ ठगी गरेको र खड्क बहादुरले रोमानिया पठाईदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं मनमैजु र खड्क बहादुरलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments