पोखरा, २७ वैशाख ।
पोखरावाट दुई जना किशोरीहरु हराएका छन् । पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिक बस्ने १६ वर्षिय अस्मिता खाती क्षेत्री वैशाख ११ गते विहान अन्दाजी ५ः३० बजेको समयमा घरमा कोही कसैलाई केही जानकारी नगराइ आफुखुसी हिडेको र अहिलेसम्म सम्पर्कमा नआएको अस्मिताकी आमा कल्पना भन्ने बालकुमारी खाती क्षेत्रीले जानकारी दिनुभयो । अस्मितालाई देख्नुहुने र भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालय वा ९८४६४९७२०१ मा खबर गरिदिन अनुरोध गरिन्छ ।

यस्तै सराङकोट १८ लामागाउँकी १७ वर्षकी प्रविना थापा क्षेत्री पनि हराएकी छिन् । गोरो वर्ण, पातलो शरिर, उचाई अन्दाजी ४ फिट ६ ईन्च, कालो आँखा, खैरो लामो कपाल, कालो पाइन्ट सेतो ज्याकेट कालै जुत्ता लगाएकी प्रविना वैशाख ११ गते ९ बजे घरवाट कसैलाई खबर नगरी हिडेको परिवारले जनाएको छ । उनलाई देख्नुहुने र भेट्नु हुनेले नजिकैको प्रहरी चौकी अथवा ९८६७६६६७४२ वा ९७६६८६१४४८ मा खबर गरिदिन हार्दिक अनुरोध गरिन्छ ।
