पोखरा, २९ माघ ।
पोखरा महानगरपालिका– १६ बाट अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान सवा १० बजेतिर अवैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गरिरहेको भन्ने सूचनाको आधारमा सिआरभी लामाचौरबाट खटिई गएको प्रहरी टोलीले ती सवारी नियन्त्रणमा लिएको हो ।
अबैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरी रहेको अवस्थामा ग १ ख ८५८६ नम्बरको मिनिटिप्पर र बा २ ख ३०४६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
सूचना अधिकारी विकका अनुसार नियन्त्रणमा लिएको सवारी तथा सवारी धनीलाई आवश्यकअनुसन्धान एंव कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरामा पठाइएको छ ।
