HomeBreakingपोखराका विभिन्न ६ स्थानमा चोरी गर्ने व्यक्ति पक्राउ

पोखराका विभिन्न ६ स्थानमा चोरी गर्ने व्यक्ति पक्राउ

पोखरा, २९ माघ ।

कास्की प्रहरीले लेकसाइडमा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै आएका एक पेशेवर चोरलाई पक्राउ गरेको छ। प्रहरीले लेकसाइडका विभिन्न ६ वटा पसलहरूमा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै आएका पोखरा महानगरपालिका –१४ बस्ने २१ वर्षीय दिपेश परियारलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लेकसाइडका विभिन्न पसलहरूमा चोरी भएको भन्ने सूचना पश्चात अनुसन्धानमा खटिएको प्रहरीको टोलीले परियारलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा चोरी गरेका केही सामानसहित पक्राउ गरेको हो।

उनले विभिन्न मितिमा लेकसाइडका ६ वटा क्याफे, बार तथा खाजाघर बाट नगद लगायतका सामानहरू चोरी गरेको र ६ वटै पसल चोरीमा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ। हाल उनीमाथि चोरी तथा डाँका कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments