HomeBreakingमानिस हराएको सुचना

मानिस हराएको सुचना

पोखरा, १२ कात्तिक ।

पोखरामा एक जना पुरुष हराएका छन् । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर बस्ने वर्ष ६३ का केशवबहादुर थापा गत असोज १५ गते बाट हराएका हुन् ।

गहुँगोरो वर्ण, मझौला शरिर, उचाई ५ फिट ३ इन्च, केही फुलेको सेतो कपाल भएको, खैरो कोठे सर्ट, कटनको खरानी रङको पाईन्ट, ढाका टोपी, कालो जुत्ता र कालो टिसर्ट लगाएको, हातमा स्टिल हालेको व्यक्ति घरबाट कोही कसैलाई नसोधी हिडेको र हालसम्म घरमा फर्की नआएको तथा सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्टनुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय अथवा निजका छोरा ३६ वर्षिय रमेशबहादुर थापालाई ९८०५१७७३८९ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments