HomeBreakingपोखरामा नगरबस दुर्घटना

पोखरामा नगरबस दुर्घटना

पोखरा, १२ कात्तिक ।

पोखराको पुम्दीभुम्दीमा ग १ ख ८५८५ नम्बरको बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । पोखरा–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपातर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् ।

घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । घाईतेहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा लगिएको बुझिएको छ ।

पोखरा यातायात प्रालिको सो बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने बस हो । दुर्घटनास्थल उकालो ठाउँमा रहेको बताइएको छ । बस सडकबाट १० मिटर तल खसेको अवस्थामा उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments