HomeBreakingई–सेवाको कर्मचारी हुँ भन्दै १५ लाख बढी ठगी गर्ने ५ जना पक्राउ

ई–सेवाको कर्मचारी हुँ भन्दै १५ लाख बढी ठगी गर्ने ५ जना पक्राउ

काठमाण्डौं, १३ कात्र्तिक ।

ई–सेवाको कर्मचारी हुँ भन्दै १८ जनाबाट १५ लाख रुपैयाँभन्दा बढी ठगेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पीडितहरूका मोबाइलमा फोन गरेर ‘म ईसेवाका कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग जोड्न तथा खाता नविकरण, केवाईसी फारम अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युर ट्रान्सफर चार्ज नलाग्ने र ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध भन्दै विश्वासमा पारेर ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यसरी विश्वास दिलाएर उनीहरुले पीडितहरुको मोवाइलमा जाने एक पटक प्रयोग गर्न मिल्ने पासवार्ड (ओपीटी) पठाउन लगाएर ईसेवाका ग्राहकको खाताबाट रकम निकाल्ने गरेको पाइएको छ। ईसेवामा जोडिएका बैंक खातामा समेत पहुँच पु¥याएर रकम निकाल्ने गरेको अनुसन्धानबाट खुलेको छ। यसरी ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका ५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, सोही ठेगानाका २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा, रौतहटको गढिमाई नगरपालिका ५ का १९ वर्षीय दिपेन्द्र कुमार यादव र गौर नगरपालिका ५ का २० वर्षीय अभयकुमार यादव रहेका छन्।

RELATED ARTICLES

Most Popular

Recent Comments