HomeBreakingसुर्य दर्शन वचत तथा ऋण सहकारी ठगी मुद्दाका फरार १ जना पक्राउ

सुर्य दर्शन वचत तथा ऋण सहकारी ठगी मुद्दाका फरार १ जना पक्राउ

पोखरा, ०३ भदौँ ।

पोखरामा कार्यालय रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा मुद्दा चलिरहेका सोही सहकारीका पूर्व सचिव पक्राउ परेका छन् ।

सहकारीमा जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी जन्य कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी वीरगञ्ज महानगरपालिका वडा नं. १४ श्रीपुर स्थायी वतन भई पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने ४८ वर्षे अनुज नकर्मीलाई साउन ३२ गते प्रहरीलले काठमाण्डौ दक्षिणकालीबाट पक्राउ गरेको हो ।

उनलाई अन कास्की जिल्ला अदालत पोखरामा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराइएको ।

जिबी राई अध्यक्ष रहको उक्त सहकारीको रकम रवी लामिछानेमार्फत गोर्खा मिडिया प्रालिमा प्रयोग पाइएको थियो । जिबी राई हाल फरार रहेकामा लामिछानेमाथि छानबिन भइरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments