HomeBreakingलागू औषध सहित १ जना पक्राउ

लागू औषध सहित १ जना पक्राउ

पोखरा, ०३ भदौँ ।

पोखरामा अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल जिल्ला पोखरा १४ काजिपोखरी बस्ने वर्ष १८ को अनिश गुरुङ रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले गुरुङको साथबाट लागूऔषध ट्रामाडोल हेड्रोक्लोराइड क्याप्सुल ट्रामाडोल –५० लेखिएको २४० क्याप्सुल र मोवाईल थान १ बरामद गरेको छ।

प्रहरीका अनुसार गएको साउन ३२ गते राति करिब साढे ८ बजे पोखरा महानगरपालिका ३० पावरहाउसमा पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा बसमा सावार गुरुङ लागूऔषध सहित पक्राउ परेका हुन् ।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments