HomeBreakingस्वरुप परिवर्तन गरिएका १४९ वटा मो.सा. नियन्त्रणमा

स्वरुप परिवर्तन गरिएका १४९ वटा मो.सा. नियन्त्रणमा

पोखरा, ०२ भदौँ ।

पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल मोडिफाइड गरि ध्वनी प्रदुषण गरी चलाएको आरोपमा साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

‘कास्की प्रहरी मातहतमा रहेका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएर कारवाही गर्दै आएका छौं, डिएसपी शर्माले भने, ‘हामीले पछिल्लो ४ दिनमा पुनः अभियान नै चलाएर १ सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही गर्ने तयारीमा छौं ।’

उनले अभियानको क्रममा पहिलो पटके देखि चौथो पटक सम्म मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने समेत बताए । उनले यस अगाडि समेत कास्की प्रहरी र ट्राफिक प्रहरीले २०८० असोज २१ देखि अनुमति विना नै मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने २२ वटालाई कारवाही गरिएको समेत बताए ।

RELATED ARTICLES

Most Popular

Recent Comments