HomeBreakingवैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाण्डौँ, २३ जेठ ।

विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा स्याङ्जाका एक जनासहित ३ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भएका ४५ वर्षीय राजु ढकाल, रुकुम पश्चिम घर भएका ३९ वर्षीय रुपेश राज गिरी र धनुषा घर भएका २२ वर्षीय युवराज ठाकुर छन् ।

आकर्षक तलब आउने काम मिलाइदिने गरी विदेश पठाउँछौँ भनेर रकम लिएपछि आरोपीहरू फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँको सुकेधारा बस्ने गिरीले रोमनिया पठाउँछु भनेर देव सिंह महता सहितका पीडितहरूबाट ८ लाख नगद लिएका हुन् । राजु ढकालले दुबई पठाउँछु भनेर २ लाख ५० हजार र युवराज ठाकुरले पोल्याण्ड पठाउँछु भनेर ८ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments