HomeBreakingमोबाइल फोन चोरी गर्ने १ जना पक्राउ

मोबाइल फोन चोरी गर्ने १ जना पक्राउ

पोखरा, २२ जेठ ।

पोखरामा मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा म्याग्दीका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको युवकको साथबाट अंग्रजी नयाँ वर्ष र सहकारी दिवसको दिन हराएको आईफोन र सामसुङ मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

सहकारी दिवसको दिन पोखरा सभागृहबाट सामसुङ मोबाइल चोरी गरेर मोबाइलमा रहेको ईसेवा ह्याक गरेर १८ हजार १ सय २५ रुपैयाँसमेत ट्रान्सफर समेत गरेको जाहेरीको आधारमा अनुसन्धान गर्दै म्याग्दी घर पोखरा जाल्फा रोडमा बस्दै आएका २० वर्षीय युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकले अनुसन्धानको क्रममा चोरी गरेको मोबाइल फेसबुकमा बिक्रीको लागि राख्ने गरेको र बिक्री पश्चात उक्त फेसबुक आइडी डिलिट गर्ने गरेको बयान दिएका छन् । प्रहरीका अनुसार उनले विभिन्न कम्पनीका १५÷१६वटा चोरी भएका मोबाइल बिक्री गरेको जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments