HomeBreakingसशस्त्र प्रहरीद्धारा कास्कीको फ्रुस्रे खोलाबाट शव उद्धार

सशस्त्र प्रहरीद्धारा कास्कीको फ्रुस्रे खोलाबाट शव उद्धार

पोखरा, २७ जेठ ।

पोखराको फुस्रेखोलामा डुबेर फेरि ज्यान गएको छ । पोखरा महानगरपालिका–१७, छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा पर्वतका २८ वर्षीय युवकको ज्यान गएको हो ।

पर्वत जिल्ला कुश्मा १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने बर्ष २८ को बिश्वास सुवेदी खोलामा शनिबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता थिए ।

खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर कास्की पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भई फुस्रे खोलाको २५ फिट गहिराई शव अड्किएर बसेको अवस्थामा बेलुकी पौने ७ बजे मात्र शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments