पोखरा, १४ फागुन ।
पोखरामा हिउँदे वर्षा भएको छ । गएको फागुन ११ गते बिहीवार र आज आइतवार हिउँदे वर्षासहित असिना परेको हो । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहत मिलेको छ ।
पोखरा महानगरपालिका ७ मासबारलगायत क्षेत्रमा आइतवार दिउँसो वर्षासँगै असिना परेको महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी बताउनुभयो ।
लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिले पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।
लामो समयदेखि पानी नपर्दा सुक्खापन बढेपछि किसान चिन्तित बनेका थिए । हिउँदे वर्षासँगै बाली सप्रिने आशा पलाएको किसानले बताएका छन् ।
