Homeगण्डकी प्रदेशसडक नभएको ठाउँमा पुल ! गण्डकी प्रदेशका पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

सडक नभएको ठाउँमा पुल ! गण्डकी प्रदेशका पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा, १४ फागुन ।

सडक नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले सचिव ईश्वरचन्द्र मरहट्टासहित प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उनीहरूले गोरखाको गोरखा नगरपालिका ३ जरेवरमा रहेको दरौदी नदीमाथि सडकविना मोटरेबल पुल बनाएर पाँच करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको करको दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन अघि बढेको थियो ।

छानबिनका क्रममा सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम कानुन विपरीत थप गरेको, पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

Most Popular

Recent Comments