HomeBreakingत्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

काठमाण्डौं, २२ मंसिर ।

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिनुभयो ।

बिहीबार रातिको फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ लुकाएर ल्याएको बिस्कुट आकारका सात थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो । उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार ‍प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ परेका दवै जनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर लगिएको छ । उनीहरूलाई आज विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराएर थप अनुसन्धान गरिने भन्सार प्रमुख पाण्डेले बताउनु भयो ।

यता नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीनैजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल्सेङ तामाङ, २६ वर्षीय विरु तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको प्रहरीले जनाएको छ । बिहीबार राति उनीहरूले रसुवागढी नाकाबाट सुन ल्याएको खुलेको छ ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि १४ किलो सुनसहित दुई जना पक्राउ परेका थिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments