HomeBreaking६ किलो ५६५ ग्राम सुनजस्तो देखिने अर्धठोस वस्तु बरामद

६ किलो ५६५ ग्राम सुनजस्तो देखिने अर्धठोस वस्तु बरामद

काठमाण्डौं, २४ मंसिर ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट सुनजस्तो देखिने अर्धठोस वस्तु ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय क्ज्भ्च्क्ष्ँ ःइज्ब्ःभ्म् ःइज्ब्ःभ्म् ीब्क्ज्क्ष्ल् लाई उक्त गेटमा जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम बनाई टेपले बेरेर ल्याएको अवस्थामा उक्त वस्तु बरामद भएको हो ।

उक्त बस्तुसहित निज क्ज्भ्च्क्ष्ँ लाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा उनीसँगै आएका दुई जना सुडानी नागरिकको समेत शंकास्पद संलग्नता देखिन आएपछि उनीहरुलाई समेत नियन्त्रण लिइएको छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments