HomeBreakingसुनजस्तो देखिने अर्धठोस वस्तुसहित पक्राउ

सुनजस्तो देखिने अर्धठोस वस्तुसहित पक्राउ

काठमाण्डौं, २२ पुस ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुन जस्तो देखिने अर्धठोस वस्तु करिब १ किलो ३ सय ग्रामसहित श्रीलंकन नागरिक ४५ वर्षीया KANTHYMATHY KAVASKAR लाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुवई एयरको उडानद्वारा दुबईबाट नेपाल आएकी उनलाई तलासी गर्ने क्रममा उनले लगाएको भित्र बस्त्रमा फल्स बटम बनाई अबैध रुपमा भन्सार छली गरी लैजान लागेको उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments