HomeBreakingपोखरामा एक लाख रुपैयाँसहित जुवातास खेलिरहेका आठ जना पक्राउ

पोखरामा एक लाख रुपैयाँसहित जुवातास खेलिरहेका आठ जना पक्राउ

पोखरा, २३ पुस ।

पोखरा महानगरपालिका–१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा हिजो आठ जना पक्राउ परेका छन् ।

एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच म्याद थप गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो।

RELATED ARTICLES

Most Popular

Recent Comments