Homeदेशनेपाली सेनाको २६०औँ स्थापना दिवस

नेपाली सेनाको २६०औँ स्थापना दिवस

पोखरा, ०६ फागुन ।

नेपाली सेनाले आज शनिबार २६०औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ ।

समारोहमा राष्ट्रपति एवम् सेनाको परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ । यस्तै भारतीय सेनाका पूर्व प्रमुख लगायतको पनि उपस्थिति हुनेछ ।

समारोहमा परेड अर्थात् शस्त्राभ्यास तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा ब्याण्ड प्रस्तुति हुनेछ । जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको साङ्गठनिक स्वरूप वि.सं. १८१९ देखि सुरूवात भएको हो ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments