HomeBreakingपोखरा म्याराथन उपाधि केन्याका स्टेफेनलाई

पोखरा म्याराथन उपाधि केन्याका स्टेफेनलाई

पोखरा, ०६ फागुन ।

पोखरामा आयोजित १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् । उनले यो उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पारेका हुन् ।

पोखरा रंगशालाबाट सुरु भएको ढौडमा उनले निर्धारित ४२.१९५ किमीको दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्न सफल भएका थिए । स्टेफेनले उपाधि जित्दै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै आज भएको महिला हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाइ प्रथम भएकी छिन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरिन् ।

महिला हाफ म्याराथनका विजेता राजपुराले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments