Homeगण्डकी प्रदेशनेशलन क्रियशनको १६ औं वार्षिकोत्सव

नेशलन क्रियशनको १६ औं वार्षिकोत्सव

पोखरा, १० फागुन ।

नेशल क्रियशन एकेडेमीको १६ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारयण सुवेदी पढाइ सँगै अतिरिक्त क्रियाकलापमा विद्यालयको सहभागिताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विद्यालयले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले विद्यालयले एन प्याव्सनले आयोजन गरेका हरेक गतिविधिमा उत्कृष्टता हासिल गरेको बताए ।

एन प्याव्सन कास्कीका द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले विद्यालय प्रशाशन, शिक्षक, विद्यार्थी अभिभावको समन्वयले नै शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताए । कार्यक्रममा विद्यालयका प्राचार्य ज्ञानेन्द्रबहादुर थापाले शैक्षिक तथा भावि योजना प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कानुन संयोजक भोला अधिकारी, युक्त नारायण अर्याल, लक्षमण देवकोटा, संस्थापक शिक्षक, प्रशासकिय प्रमुख विक्रम थापा, शिक्षक बोधराज गौतम, शिक्षक सृजना थापा, विद्यार्थी सिवानी थापा, सृजना सापकोटा, आस्था नेपाली, अनिस गुरुङ, प्रवेश सापकोटा, सलिना क्षेत्रीले बोलेका थिए । कार्यक्रममा विद्यार्थीले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments