HomeBreakingसाहित्यको माध्यम भनेको भाषा हो, नेपाली भाषा नै समाप्त भयो भने नेपाली...

साहित्यको माध्यम भनेको भाषा हो, नेपाली भाषा नै समाप्त भयो भने नेपाली साहित्य हामी कहाँ खोज्न जाने ? ः साहित्यकारण तीर्थ श्रेष्ठ

उमा आलेमगर
पोखरा, १० फागुन ।

हरेक मानिसका आ–आफ्ना भावना र कल्पना हुन्छन्, हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्ना मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छ । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ । रचनाको लागि चाहिने मूल तत्व भाषा हो । मनको भाव व्यक्त गर्ने सार्थक ध्वनिको समष्टि तथा लिखित अक्षरलाई नै भाषा भनिन्छ । भाषाको माध्यमबाट मानिसले आफ्नाा मनका भावविचारहरूको आदानप्रदान गर्दछ । यसरी मनभित्र उठ्ने हरेक प्रकारका भावनाहरूलाई भाषाका माध्यमले गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो । यस संसारका प्रकृति एवं यहाँका जीवनको अभिव्यक्ति मानिसले विभिन्न किसिमले गर्न सक्दछ । जब यस जीवनजगतको अभिव्यक्ति सौन्दर्यपूर्ण भाषाका माध्यमले कलात्मक रुपमा गरिन्छ तब त्यो साहित्य हुन्छ । तर नेपाली भाषाको प्रयोगको कमीले कतै नेपाली साहित्य लोप हुने हो की ? भन्ने प्रश्न खडा भएको छ । पोखराका चर्चित साहित्यकार तथा कवि तीर्थ श्रेष्ठ अहिलेको युवा पुस्तामा नेपाली भाषाको प्रयोग कम हुदाँ चिन्ता व्यक्त गर्नुहुन्छ । त्यसको असर सिँधै साहित्यमा पर्ने भएकोले श्रेष्ठले चिन्ता व्यक्त गर्नुभएको हो ।

पोखरामा आफ्नो ५० वर्ष साहित्यमा जीवन विताउनुभएका साहित्यकार तथा कवि तीर्थ श्रेष्ठले थुप्रै कविता, मुक्तक, कथाहरु लेख्नुभएको छ । त्यसवाहेक उहाँले साहित्यका अन्य गीतहरु, राजनीतिक लेखहरु पनि लेख्नुभएको छ । श्रेष्ठका ६÷७ वटा पुस्तक प्रकाशित छन् । तीन वटा कविता संग्रह, एउटा संयुक्त कविता संग्रह, दुई वटा मुक्तक संग्रह, एउटा गीत संग्रह, एउटा कविता पाठ्यक्रममा पनि छ, लाउरे फुल भन्ने कवितालाई अग्रेजीमा परिवर्तन गरेर त्रिभुवन विश्वविद्यालयको बीए.इन्टरमिडियट कोर्षमा पनि राखिएको छ । केही कविताहरु छन् — हिउँमा लेखिएका नाम, सिंहदरवार लगायतका केही कविताहरु नेपाली कविताहरुमा तिनीहरुले स्थान बनाएको छ । केही गीतहरु बनेका छन् । दुई वटा कवितालाई गीतमा गाइएको पनि छ । नेपथ्यले आमा भन्ने गीत गाएको छ । अहिले उमेरले ६० वर्ष लाग्नुभएका श्रेष्ठले ७÷८ वर्षको उमेरदेखि ४÷५ कक्षा पढ्दा आफुलाई मन परेको कविता अर्काको नक्कल गरेर लेख्न थाल्नुभएको हो । उहाँको पहिलो रचना २०२९ सालमा छापिएको थियो, त्यसपछि निरन्तर साहित्य क्षेत्रमा लाग्नुभएको हो । श्रेष्ठका अनुसार साहित्य भनेको सृजनात्मक क्षमता हो । विदेशमा लेखन सम्बन्धि पढाइ हुने, त्यसको कोर्ष पनि आइसकेको छ, नेपालमा भने अहिले सम्म कुनै अध्ययन छैन्, सध्ययन नै हो, अनुभव हो । कोर्षको अध्ययनले मात्र पर्याप्त पनि हुदैन् । नेपाली नै विषय पढे पनि नेपाली भाषाको वारेमा जानकारी हुने, व्याकरणका विषयमा जानकारी हुने कुरा त स्वभाविक नै हो । तर त्यो अध्ययनले सृजनानात्मक क्षमतालाई खास ढङ्गले योगदान नदिने उहाँको बुझाइ छ । सृजनात्मक क्षमता अगाडी बढाउनका निमित्त आफ्नै अध्ययन÷सध्ययन चाहि आवश्यक छ । हामीकोमा सृजनात्मक सम्बन्धि कुनै पढाइ भएको छैन् । अध्ययन पनि दुई÷तीन प्रकारका हुन्छन् । एउटा तपाइले आफ्नै जीवनसँग आफैले गर्ने अध्ययन हो आफ्नो भोगाइसँग, उहाँ भन्नुहुन्छ्– तपाइले कसैको वेदनासँग आत्मसाथ गर्नुभयो त्यो पनि एउटा अध्ययनको एउटा पाटो हो । तपाइले कसैको संगत गर्नुभयो उसको जीवनका वेदनालाई आत्मसाथ गर्नुभयो त्यो पनि अध्ययन हो । त्यसैगरि तपाइले केही पुस्तकहरु पढ्नुभयो, ती पुस्तक पढीसकेपछि एउटा चिन्तनको प्रभाव सुरु हुन्छ, त्यसमा तपाइलाई आफुलाई जीवनजगतमा आफु उपस्थितिका विषयमा मनन गर्न थाल्नुहुन्छ । त्यो पनि एक प्रकारको अध्ययन हो । त्यसतो प्रकारको अध्ययनहरु र संसारमा सधैँ घटीरहेका घट्नाहरुका विषयमा अद्यावधिक बनाएर राखी राख्न सक्ने क्षमता भएन भने लेखनमा अगाडी जान सकिदैन् । श्रेष्ठका अनुसार साहित्यमा लागेर नाम कमाउन सकिन्छ दाम होइन् । नेपाल जस्तो सानो मुलुकमा ३ करोडको जनसंख्या भन्छौ, १ करोड जनसंख्या विदेशमा छ, नेपालमा २ करोड छ, २ करोडमा पढ्न अभिरुची राख्नेको संख्या कति होला ? त्यो संख्यामा पुस्तक जादा एउटा लेखकले रोयल्टी कति पाउला ? एकप्रकारले हेर्ने हो भने कहाँ लेखन भनेको जीविकोपार्जनको लागि माध्यम अझै पनि हुन सकेको छैन् । पुस्तक किनेर पढ्नेको संख्या अत्यन्तै कम छ । त्यसमा हामी कविता लेख्नेको विषयमा, कविता मानिसहरुले सुन्न रुचाउँछन्, बिक्रीको दृष्टिकोणले कविता अत्यन्तै कम बिक्री हुने साहित्य विद्या हो । त्यसैले आर्थिक लाभका हिसाबले हेर्ने हो भने खासै केही छैन् । यो एउटा आफ्नो मनको सन्तोष पुरा गर्ने भन्दा अन्य लाभ केही छैन् । लाभ भनेको कहिलेकाही मानिसले सम्झिएर कवि भनेर आइदिए, कवि भनेर त्यसको अस्तित्वलाई स्विकार गर्दिदा जे सन्तोष हुने हो त्यो भन्दा खासै यसमा लाभ छ भन्ने मलाइ लाग्दैन् । पहिले देशमा साहित्यिक अत्यन्त कम, पत्रकारिता नै कमजोर थियो, अहिले पनि छ, तर अहिले सामाजिक सञ्जालका माध्यमवाट पाठक र श्रोताहरु माझ सजिलै पुग्न सक्ने अवस्था छ । श्रेष्ठका अनुसार अहिले यति धेरै एफ.एम हरु खुलेका छन् । प्रत्येक एफएमका आ—आफ्ना साहित्य कार्यक्रमहरु छन् । अहिले म लेख्छु भन्ने हो भने छापिन र पाठककोमा पुग्नका निमित्त कुनै कठिनाइ छैन् । हाम्रो जमानामा के थियो भन्दा पोखरामा मुस्किलले एउटा पत्रिका निस्किथ्यो, मुलुकमा दुई वटा राम्रा साहित्यिक पत्रिका थिए, तीनमा छापिन पाउनु नै त्यो वेलामा अत्यन्त ठूलो उपलब्धि मानिन्थ्यो । लेखकहरुको संख्या प्रशस्तै थियो तर छापिनका निम्ति प्रतिष्पर्धा ज्यादै थियो, त्यसकारण वर्षको एउटा लेखहरु छापिन पनि ठूलो कुरा हुन्थ्यो, अहिले लेखहरु माग्न आउनेको संख्या प्रसस्तै छ, आर्थिक रुपले अहिले पनि पारिश्रमिक दिने चलन छैन् । अब कान्तिपुर, नागरिक लगायतका केही स्थापित राष्ट्रिय दैनिक पत्रिकाहरुले पारिश्रमिक दिने चलन आएको छ, त्यो पारिश्रमिकले साच्चै भन्ने हो भने एउटा अध्ययनमुलक लेख लेख्दा लाग्ने खर्च पनि थेग्दैन् । अहिले पनि ज्यादै सन्तोष गर्ने अवस्था होइन् । तर अहिले सौभाग्य भनौँ सहजै ढङ्गले प्रकासनको व्यवस्थाले गर्दा कवि लेखकको संख्या ठूलो देखिएको छ । यो कहीलेसम्म ठूलो देखिने हो ? जस्तो हामी केटाकेटी हुदा पनि हामीले त्यो देखेको हो, २०२९÷३० सालमा के थियो भन्दा सामुहिक संकलन भनेर दर्ता नगरी पत्रिका निकाल्न पाउने व्यवस्था थियो । त्यो वेलामा ह्वात्तै ३२ सालसम्म यति धेरै पत्रिका निस्किए की त्यो वेलामा सबै साहित्यकार जस्ता लाग्थे । त्यहाँवाट अगाडी आउनका निमित्त दुई वटा अवस्था थिए एउटा रहरले लेखियो, त्यसपछि करले लेखियो । अब लेख्नलाई कठीन हुदै जान्छ । जव मानिस लेख्दै जान्छ प्रत्येक चोटी नयाँ मोडवाट उ उकिल्न खोज्दा झन् कठिनाइ अनुभव भाछ, झन् चुनौतीको अनुभव भाछ । त्यो चुनौती पार नगरेसम्म एउटा ठाउँसम्म आउन सकिदैन् । पहिला लेखकको रुपमा स्थापित हुन साधनाको पर्याप्तता पथ्र्यो, अहिले साधन स्रोत प्रशस्त भएको हुनाले साधना कम भयो की ? भन्ने अवस्था देखिएको छ । त्यसले साहित्यको सृजनामा स्तरियता दिनका निमित्त योगदान पुग्छ जस्तो मलाइ लाग्दैन् ।

पछिल्लो क्रममा साहित्यमा युवाको आकर्षण बढेको हो भन्ने प्रश्नमा श्रेष्ठ भन्नुहुन्छ— मैले युवाको आकर्षण खासै मान्दिन् । किनभने अहिले युवा नेपाली बोल्न र बुझ्न छाडिसके । नेपाली भाषा नै आकर्षणको केन्द्र भयो की भएन भन्ने कुरामा विस्तारै विस्तारै हामीले आफ्नो भाषा पनि गुमाउँदैछौँ । भाषा गुमीसकेपछि साहित्यको कुनै अवस्था नै वलियो हुदैन् । साहित्यको माध्यम भनेको भाषा हो, नेपाली भाषा नै समाप्त भयो भने नेपाली साहित्य हामी कहाँ खोज्न जाने ? अहिले स्कुलको तहमा सुनियोजित ढङ्गले नेपाली भाषा संस्कृतिलाई कमजोर तुल्याउने काम भएको छ र सरकार आँखा चिम्लेर बसेको छ, त्यो दृष्किोणले हेर्दा त भोलि नेपालीमा साहित्य लेख्ने की नलेख्ने भन्ने प्रश्न आएको छ । अहिले पुस्तक प्रकासकहरु पनि यो विषयमा चिन्तित छन् । पुस्तकको पठन संस्कृति जुन हामी विकसित गर्न खोजेका छौँ, तर नेपाली भाषा भन्दा अग्रेजी भाषाका पुस्तक वढी विक्न थालिसके । युवाहरु आकर्षित भएका छैनन् भनम् भने छन्, छन् भनम् भने लामो यात्रामा लाग्ने खालका युवाहरु छैनन् । विदेशमा नेपाली कवि सम्मेलन भयो भने देख्दा लाग्छ हामी अत्यन्तै समृद्धि तिर गएका छौँ, तर हेर्दै जाने हो भने भावी पुस्ताको जिव्रोमा नेपाली भाषा नरहने अवस्था भैसक्यो । त्यसकारण हामी अलि डरलाग्दो खतरनाक स्थितिमा छौँ जस्तो मलाइ लाग्छ । अहिले सोच्दै जाँदा जीन्दगीमा ५÷७ वटा कविता लेख्नु पनि ठूलो कुरा हुदो रैछ । लेखिएका सबै कविता कविता हुदैनन्, कविता लेख्ने प्रयत्न चाँही पक्कै हुनु पर्छ । कहिले काही त यो जुनी कविता लेख्न पर्याप्त नभए जस्तो लाग्छ, अर्को जुनी पाएको खण्डमा राम्रो कविता लेख्थे जस्तो लाग्छ ।

तर कवि तीर्थ श्रेष्ठलाई स्वास्थ्य भनेको अत्यन्त चुनौतीको कुरा लाग्छ । जीन्दगीमा झण्डै दुइ चोटी खुस्किसकेको मान्छेलाई स्वास्थ्य रहन ठूलो चुनौतीको कुरा हो । स्वास्थ्यको विषयमा म त्यति सचेत भइन् । त्यही पनि स्वास्थ्य नभई त कसरी सृजना गर्ने । तपाइले शरीरलाई मेन्टेन गर्ने भनेको दुई कुराले हो, एउटा कुरा तपाई सास फेर्नलाई प्रयत्न गर्नुहुन्न, तपाई आँखा खोलेर हेर्नका निमित्त प्रयत्न गर्नुहुन्न, जव केही खाइन्छ त्यसलाई शरीरले पचाउछ आफै पचाउने प्रयत्न गर्नु हुर्दैन् । एउटा शरीरले स्वभाविक र स्वस्फुर्त ढङ्गले शरीर सञ्चालन हुने प्रक्रिया हो, अर्को आफैले शरीर सञ्चालन गर्ने विषय । डाक्टरहरु सबैभन्दा असफल हुने कहाँ भन्दा व्यक्तिको शरीर सञ्चालनको प्रक्रियाको विषयमा राम्रो जानकारी नपाएको हुनाले । किनभने सबै रोगका कारण एउटै हुदैन्, शरीरको आ—आफ्नो वेग्लावेग्लै क्षमता हुन्छ, त्यो क्षमता शरीरको स्वभाव अनुसार खानपान, र जीवनशैली अपनायो भने स्वस्थ भइन्छ, हामीले आफ्नै शरीरको निरिक्षण गर्ने कुरामा सबै मानिस चुकेका हुन्छौँ । शरीर त हरेक कुराको माध्यम हो, जीवन छ साहित्य लेखिन्छ, स्वास्थ्य विना जीवनको सम्भावना छैन् । आफु नै स्वस्थ छैन् भने सृजना त कसरी गर्ने ? सृजना गरि हाले भने पनि त्यो सृजना कति स्वस्थ होला ?

श्रेष्ठको विचारमा साहित्यलाई जोगाइ राख्न भाषा, संस्कृतिलाई जोगाइ राख्नु पर्छ । भाषा खत्तम भयो भने संस्कृति र साहित्य पनि खत्तम हुन्छ । नेपाली साहित्यलाई वलियो बनाउन पहिले नेपाली भाषालाई वलियो बनाउनु पर्छ । आम नेपाली बालबालिकाले बोल्ने भाषा नेपाली हुनुपर्छ । नेपाली भाषालाई नेपाल भित्रवाट पनि र वाहिरवाट पनि कमजोर बनाउने प्रयत्न भैरहेको छ । जवसम्म नेपाली भाषा वलियो बनाउन सक्दैनौ, नेपाली साहित्य वलियो हुन सक्दैन् । अर्को कुरा हाम्रो धर्म संस्कृतिक माथी प्रहार भएको छ । भाषा विग्रदा राष्ट्र पनि विग्रन्छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments