HomeBreakingनक्कली शरणार्थी प्रकरण छानबिन गर्न एमालेले सहयोग गर्छ ः महेश बस्नेत

नक्कली शरणार्थी प्रकरण छानबिन गर्न एमालेले सहयोग गर्छ ः महेश बस्नेत

पोखरा, २४ वैशाख ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले उक्त प्रकरणमा जोडिएका सबैको अनुसन्धान हुनुपर्ने पनि बताउनुभएको हो । ‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ ।

त्यसलाई छानविन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन,’ नेकपा एमाले नेता बस्नेतले भन्नुभयो । उहाँले उक्त प्रकरणलाई राजनीतिक रङ दिएर कसैलाई पनि उन्मुक्ति दिन नहुने भनाइ राख्नुभयो ।

अर्को प्रसंगमा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमालेले प्रधानमन्त्री बनाउने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको र त्यसमा एमालेले कदापि साथ नदिने दाबी गर्नुभयो ।

RELATED ARTICLES

Most Popular

Recent Comments