HomeBreakingललितपुरको झम्सीखेलमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

ललितपुरको झम्सीखेलमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

काठमाण्डौ, २६ मंसिर ।

ललितपुरको झम्सीखेलबाट एक जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर झम्सीखेलबाट उदयपुर घर भएका ४५ वर्षका अविनाश राईलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार राईको साथबाट आइस ड्रग ४९० ग्राम बरामद भएको छ । खुट्टामा गोली लागेका राईलाई उपचारका लागि ट्रमा अस्पताल लगिएको छ । राईको साथबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments