HomeBreakingअवैध काठसहित बलेरो नियन्त्रणमा

अवैध काठसहित बलेरो नियन्त्रणमा

पोखरा, २६ मंसिर ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बलेरो जीपलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपलिका १९ लामाचौर अकला मन्दिरस्थित सवारी साधन चेकजाँचको क्रममा पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइएको हो ।

चेकजाँचको क्रममा चिरुवा काठ ९फल्याक० २८० थान लोड गरी विना कागजपत्र पोखरा ल्याइएको पाइएपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । अवैध काठसहित जीपचालक माछापुच्छ्रे गाउँपालिका गाउँपालिका भुर्जुङखोला का ३१ वर्षीय अनिष विकलाईसमेत नियन्त्रणमा लिइएको छ ।

सो विषयमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बगर पठाइएको बताइएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments