HomeBreakingप्रतिकूल मौसमका कारण पोखरामा हवाई उडान ठप्प

प्रतिकूल मौसमका कारण पोखरामा हवाई उडान ठप्प

काठमाण्डौं, २३ साउन ।

प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा हवाई उडान प्रभावित बनेको छ । बिहानैदेखिको निरन्तर वर्षाका कारण पोखरामा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोहीकारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन् ।

मंगलबार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । जनकपुरमा समेत मंगलबार केही ढिला मात्र विमानस्थल खुलेको थियो । यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भने नियमित नै भइरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments